पहिरोकाे कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध,यात्रुहरू अलपत्र • Nepal's Trusted Digital Newspaperपहिरोकाे कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध,यात्रुहरू अलपत्र • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पहिरोकाे कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध,यात्रुहरू अलपत्र

पहिरोकाे कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध,यात्रुहरू अलपत्र

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ २६, २०७९
पहिरोकाे कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध,यात्रुहरू अलपत्र

मुग्लिन । पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयाे ।

पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको छ ।

पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा बुधबार राति  पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका