पशुपतिनाथ आनन्दित महसुस भयो – मिस्टर सुपरनेशनल भार्गोस
काठमान्डौँ । ‘मिस्टर सुपरनेशनल २०२१’ भरो भागोर्सले नेपालको पशुपतिनाथ मन्दिर निक्कै शान्त रहेको र त्यहाँ महसुस हुने भावना शब्दमा बर्णन गर्न नसकिने रहेको बताउनुभएकाे छ । जीवन एक उपहार हो भन्ने कुरा पशुपतिनाथ मन्दिरमा आएपछि आफुलाई महशुस भएको उहाँको भनाई रहेको थियो ।
केही दिन अगाडि आयोजित सौन्दर्य प्रतियोगीता ‘मिस्टर र मिस सुप्रानेशनल नेपाल २०२२’ मा निर्णायकको रुपमा सहभागी हुन नेपाल आउनुभएका भार्गाेसले पशुपतिनाथ भ्रमणपछि भने, ‘जीवनको सुरुवात हाम्रो नियन्त्रणमा हुँदैन । तर यसबीचमा उतारचढाव निरन्तर आफूलाई पुनर्जीवित गराउँने परिघटना हुन् ।’ उहाँले पशुपतिनाथ भ्रमण र नेपाल भ्रमणको अवसर दिएकोमा ‘मिस्टर र मिस सुप्रानेशनल नेपाल २०२२’ का आयोजक सुनर्वि इन्टरनेशनल र त्यसका निर्देशक डा. सन्तोष उपाध्याय प्रति आभार समेत ब्यक्त गर्नुभयाे ।
प्रतियोगीतामा भाग लिन भार्गोसका साथ एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेशनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेशनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) समेत नेपाल आउनुभएकाे थियाे । नेपाल भ्रमणको क्रममा उहाँहरुले पशुपतिनाथ, स्वयम्भु, बौद्ध, पोखरा, घलेगाउ लगायत भ्रमण गर्नुभएकाे छ।
बिभिन्न ठाउँ भ्रमणको क्रममा बिभिन्न अनुभति भएको बताउनुभएकाे उहाँहरुले नेपाल निक्कै बलियो शान्तिको भुमि भएको आफुहरुले अनुभुती गरेको बताउनुभएकाे थियाे । नेपालको सुन्दरताको समेत प्रंशसा गर्नुभएका उहाँहरुले एन्जाईटीसँग जुधिरहेका मानिसका लागि
नेपाल उपयुक्त गन्तव्य भएको समेत सुझाउनुभयाे ।
उहाँहरुको नेपाल भ्रमण नेपाल पर्यटन बोडको फ्यान ट्रिम अन्तर्गत टर्किस एयलाइन्स र नेपाल एयलाइन्सको सहयोेगमा भएको थियो । उहाँहरु मंगलबार स्वदेश फर्किनुभएकाे थियाे ।