स्याङ्जा । स्याङ्गजा वालिङ नगरपालिका ६ पित्लेकमा चट्याङ् लागेर २ वटा भैंसी मरेका छन्।
मंगलबार राति परेको चट्याङ् लागेर हामबहादुर थापाका गोठमा बाधिएका २ वटा भैंसी मरेको वालिङ् प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएकाे छ।
स्याङ्जामा मंगलबार साँझदेखि अत्याधिक पानी परिरहेको थियाे । धेरै समयसम्म चट्याङ् परिरहेकाे थियाे । उक्त चट्याङ् लागेर एउटा ब्याउने र अर्को थारो भैंसी मरेको प्रहरीले जनाएको छ।
हामबहादुर थापाकाे परिवारलाई लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।