काठमान्डौं । सडक विभागको महानिर्देशकमा पुनः अर्जुनजंग थापा नियुक्त हुनुभएकाे छ । यसअघिका महानिर्देशक शिवहरि सापकोटाले १७ वैशाखमा अवकास पाएसँगै थापा पुनः महानिर्देशक नियुक्त हुनुभएकाे हाे ।
विभागका योजना महाशाखा प्रमुख तथा निमित्त महानिर्देशक शिव नेपाल र एडीबी निर्देशनालय प्रमुख अर्जुनबाबु ढकाल पनि महानिर्देशकको दावेदार हुनुहुन्थ्याे ।
गत पुसमा महानिर्देशक रहनुभएका थापालाई मन्त्रालयमा सरुवा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सापकोटालाई महानिर्देशक बनाउनुभएकाे थियाे ।
सापकोटाले अवकास पाएपछि पुनः थापाले महानिर्देशक बन्ने अवसर पाउनुभएकाे हाे । विभागको रोलक्रमअनुसार नेपाल अघि भएपनि थापा सडक विभागमा दोस्रो कार्यकाल महानिर्देशक बन्नुभएकाे छ ।