नेपालमा रहेका भारतीय नागरिकले दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने • Nepal's Trusted Digital Newspaperनेपालमा रहेका भारतीय नागरिकले दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपालमा रहेका भारतीय नागरिकले दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने

  • समाचारपाटी
  • बुधबार, जेष्ठ २५, २०७९
नेपालमा रहेका भारतीय नागरिकले दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने

काठमान्डाैँ । नेपालमा रहेका भारतीय नागरिकले अब काठमाडौंस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ ।

काठमान्डौंको लैनचौरस्थित भारतीय दूतावासले एक सूचना जारी गरी कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले दर्ता गराउनु अनिवार्य छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ ।

दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण (पासपोर्ट वा भोटर आईडी कार्ड), जागिर, विद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो अनिवार्य हुने दूतावासले जनाएको छ ।

Indian Citizen Registration in Nepal

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका