आरएलको निर्देशनमा ‘छुट्टीएर बस्ने कुरा ’ र ‘हे कान्छी’ असार १ मा सार्वजनीक गरिने • Nepal's Trusted Digital Newspaperआरएलको निर्देशनमा ‘छुट्टीएर बस्ने कुरा ’ र ‘हे कान्छी’ असार १ मा सार्वजनीक गरिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आरएलको निर्देशनमा ‘छुट्टीएर बस्ने कुरा ’ र ‘हे कान्छी’ असार १ मा सार्वजनीक गरिने

आरएलको निर्देशनमा ‘छुट्टीएर बस्ने कुरा ’ र ‘हे कान्छी’ असार १ मा सार्वजनीक गरिने

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ २४, २०७९
आरएलको निर्देशनमा ‘छुट्टीएर बस्ने कुरा ’ र ‘हे कान्छी’ असार १ मा सार्वजनीक गरिने

काठमान्डौं । फिल्म निर्देशक आरएल लामा मोक्तान निर्देशीत ‘छुट्टीएर बस्ने कुरा’ र ‘हे कान्छी’ बोलका दुई भिडियो सोमबार राजधानीमा आयोजीत कार्यक्रममा एकसाथ प्रदर्शन भएका छन् । ‘छुट्टीएर बस्ने कुरा’ मंगलबार बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याईएको छ भने ‘हे कान्छी’ असार १ मा सार्वजनीक गरिने छ ।

‘आर’ एल्बममा समाबेश ‘छुट्टीएर बस्ने कुरा’ मा श्यामकुमार स्याङ्तानको स्वर,शब्द र बिकास चौधरीको संगीत छ । भिडियोमा सोभित बस्नेत, श्यामकुमार स्याङ्तान,सुइन्जा सुनाम र शंकर कोइरालाले अभिनय रहेकाे छ । सन्जु थोकरले खिचेको भिडियोको प्रस्तुतकर्ता खड्ग मोक्तान, सहनिर्मातामा जीवन लामा तथा निर्मातामा आर.सोनाम लामा, आरएल मोक्तान र श्यामकुमार स्याङ्तान हुनुहुन्छ ।

त्यसैगरी,‘हे कान्छी’ मा श्यामकुमार स्याङ्तानका साथमा स्मृति शाहीको स्वर छ । श्यामकुमारकै शब्द रहेको गीत आर एल लामाले लेख्नुभएकाे हाे । चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कलाकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिदै आएका निर्देशक मदन घिमीरे, रञ्जित राना, सोभित बस्नेत, अभिनेत्री शारदा गिरी, कविता राय, अभिनेता शितल केसी, धर्मेन्द्र आचार्य, रमेश बस्नेतलगायत म्युजीक भिडियोका कलाकार तथा प्राबिधिकलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका बिशिष्ट अथिति रबिन्द्र खड्काले ‘आर’ एल्बमका सबै गीतले दर्शकस्रोताको मन जित्ने बिश्वास ब्यक्त गर्नुभयाे । निर्देशक आरएलले आफ्ना म्युजिक भिडियोमा नेपाली जनजीवनका साथै समाजीक सन्देश रहेको दावी गर्नुभएकाे थियाे । कार्यक्रमका प्रमुख अथिति राईले निरन्तर रुपमा चलचित्र तथा संगीत क्षेत्रमा क्रियाशील निर्देशक आरएलको कला यात्राको प्रंशासा गर्दै भबिष्यमा अझ कटिबद्ध भइ यो क्षेत्रमा लाग्नु पर्ने धारणा राख्नुभयाे ।

गायक तथा मोडल श्यामकुमारले दर्शकको माया र हौसलाले आफूलाई यो क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने बिचार ब्यक्त गर्दै आफू जस्तोसुकै परिस्थितिमा पनि कलाकारितामा रम्ने बताउनुभयाे ।

‘छुट्टीएर बस्ने कुरा’ मा एक जोडी प्रेमीको प्रेमसंघर्ष देखिन्छ भने ‘हे कान्छी’ मा बैदेशीक रोजगारीको परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

s

22

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका