मुगु पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट • Nepal's Trusted Digital Newspaperमुगु पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मुगु पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट

मुगु पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ २४, २०७९
मुगु पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट

मुगु । मुगु जिल्लाको खत्याड गाउपालिका–४ पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । मंगलबार बिहान भएको आगलागीबाट खत्याड गाउँपालिका–४ पैखुगाउँका चुत्तबहादुर थापा र सारदा थापाको घर पूर्ण रुपले नष्ट भएको गाउँलेले बताएका छन् ।

आगलागीको कारण क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयाे ।

आगलागीको जानकारी पाउनासाथ प्रहरी चौकी माझचौरबाट सुरक्षाकर्मीको टोली घटनास्थल पठाएको उहाँले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका