चार दिनदेखि हराइरहेकी बालिकाको शव मकैबारीमा फेला • Nepal's Trusted Digital Newspaperचार दिनदेखि हराइरहेकी बालिकाको शव मकैबारीमा फेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चार दिनदेखि हराइरहेकी बालिकाको शव मकैबारीमा फेला

चार दिनदेखि हराइरहेकी बालिकाको शव मकैबारीमा फेला

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ २४, २०७९
चार दिनदेखि हराइरहेकी बालिकाको शव मकैबारीमा फेला

सुर्खेत । चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा भेटिएको छ । गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा भेटिएको हो ।

शुक्रबादेखि हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ । बालिकाको शव मकैबारीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले बताउनुभयाे ।

गुर्भाकोट नगरपालिका-५ का वडाध्यक्ष लालबहादुर पुनका अनुसार गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन् । बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । बालिकाका बुवा मजदुरीका लागि भारत गएकाे र आमाको भने पहिले नै मृत्यु भइसकेको छ ।

आफन्तले सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरे पनि नभेटिएपछि सोमबारमात्रै प्रहरीलाई खबर गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका