काठमान्डौंका बासिन्दाले साउन १ गतेबाट स्रोतमै कुहिने र नकुहहिने फोहोर छुट्याउनुपर्ने • Nepal's Trusted Digital Newspaperकाठमान्डौंका बासिन्दाले साउन १ गतेबाट स्रोतमै कुहिने र नकुहहिने फोहोर छुट्याउनुपर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमान्डौंका बासिन्दाले साउन १ गतेबाट स्रोतमै कुहिने र नकुहहिने फोहोर छुट्याउनुपर्ने

काठमान्डौंका बासिन्दाले साउन १ गतेबाट स्रोतमै कुहिने र नकुहहिने फोहोर छुट्याउनुपर्ने

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ २४, २०७९
काठमान्डौंका बासिन्दाले साउन १ गतेबाट स्रोतमै कुहिने र नकुहहिने फोहोर छुट्याउनुपर्ने

काठमान्डौं । काठमान्डौंका बासिन्दाले अब आगामी साउन १ गतेबाट स्रोतमै फोहोर छुट्याउनुपर्ने भएको छ । काठमान्डौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको छ ।

असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका छन् । तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फाल्न रोक्ने उनीहरुको चेतावनी छ ।

सोमबार महानगरपालिका, सहरी विकास मन्त्रालय र सम्बन्धित स्थानीय तहरुबीच भएको सहमतिअनुसार साउनबाट भने काठमाडौंमा घर, पसल, होटल, रेस्टुरेन्टसहित सबै फोहोर उत्पादन गर्नेहरुले कुहिने र नकुहहिने फोहोर छुट्टाछुटै रुपमा राख्नुपर्नेछ ।

महानगरपालिकाले केही दिनमै सूचना जारी गर्ने एक अधिकारीले बताउनुभएकाे छ । कडाइ पूर्वक फोहोर वर्गीकरण गर्न प्रोत्साहनको नीति पनि ल्याइने ती अधिकारीले बताउनुभएकाे छ।

महानगरपालिकाका मेयर बालेन साहले चुनावी अभियानकै क्रममा कुहिने र नकुहिने फोहोर लिने गाडी छुट्टा छुट्टै दिनमा पठाउने बताउँदै आउनुभएकाे थियाे । उहाँले कुहिने र नकुहिने फोहोर छुट्याएर दुबैबाट महानगरले आम्दानी गर्न सक्ने बताउँदै आउनुभएकाे छ ।

जैविक र अजैविक फोहोरको वर्गीकरण गर्ने अभ्यास धरान र धनकुटा लगायतका स्थानीय तहले गर्दै आएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका