बाराको पटेर्वामा जग्गा नाप्ने विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperबाराको पटेर्वामा जग्गा नाप्ने विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बाराको पटेर्वामा जग्गा नाप्ने विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु

बाराको पटेर्वामा जग्गा नाप्ने विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ २४, २०७९
बाराको पटेर्वामा जग्गा नाप्ने विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो ।

प्रभुको मृत्युपछि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिनुभयाे ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो । विवाद चर्कदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए ।

कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा राति साढे ९ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका