चलचित्र ‘अन्तिम संस्कार’मा दीया पुन देखि विजय लामासम्मका कलाकारहरुको अभिनय रहने • Nepal's Trusted Digital Newspaperचलचित्र ‘अन्तिम संस्कार’मा दीया पुन देखि विजय लामासम्मका कलाकारहरुको अभिनय रहने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चलचित्र ‘अन्तिम संस्कार’मा दीया पुन देखि विजय लामासम्मका कलाकारहरुको अभिनय रहने

चलचित्र ‘अन्तिम संस्कार’मा दीया पुन देखि विजय लामासम्मका कलाकारहरुको अभिनय रहने

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ २४, २०७९
चलचित्र ‘अन्तिम संस्कार’मा दीया पुन देखि विजय लामासम्मका कलाकारहरुको अभिनय रहने

काठमान्डौं । निर्देशक प्रदीप शाहीले निर्देशन गर्न लागेको चलचित्र ‘अन्तिम संस्कार’मा अभिनेत्री दीया पुन अनुबन्धित हुनुभएकाे छ ।
निर्माण टिमले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो ।

विनोद सुवेदी (खत्री)को निर्माण रहने चलचित्रमा दीयासँगै विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री ), सस्मिता गिरी, श्याम राई आदी कलाकारहरुको अभिनय रहनेछ ।

निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उहाँको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा  बिनिथ द ब्रेभरी’ प्रर्दशनको तयारीमा छ ।

‘अन्तिम संस्कार’ अब केही समयपछाडि छांयाकनमा जाने निर्माता सुवेदीले जानकारी दिनुभयाे । शाही प्रोडक्सन प्रा.लीको व्यानरमा सामाजिक कथामा चलचित्र निर्माण हुन लागेको हो ।

deeya pun

pradip shahi

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका