रगतको मूल्य बढ्यो , अधिकतम १ हजार ६ सय ४० सम्म कायम • Nepal's Trusted Digital Newspaperरगतको मूल्य बढ्यो , अधिकतम १ हजार ६ सय ४० सम्म कायम • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रगतको मूल्य बढ्यो , अधिकतम १ हजार ६ सय ४० सम्म कायम

रगतको मूल्य बढ्यो , अधिकतम १ हजार ६ सय ४० सम्म कायम

  • समाचारपाटी
  • आइतवार, जेष्ठ २२, २०७९
रगतको मूल्य बढ्यो , अधिकतम १ हजार ६ सय ४० सम्म कायम

काठमान्डौं । सरकारले रगतको मूल्य बढाएको छ । सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८ सय १० देखि अधिकतम १ हजार ६ सय ४० सम्म कायम गरेको जानकारी दिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५ सय २५ रुपैयाँ थियो ।

मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो । प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १ सय ५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले दानमा आएको रगत निशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको छन् । समाजले रगत निःशुल्क दानमा उपलब्ध हुँदै आएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरु निःशुल्क नै उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ ।

Blood price Janaswasthya

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका