पोखरा घारीपाटन सहकारीद्वारा सेयर सदस्यहरुलाई सहकारी शिक्षा सम्वन्धी तालिम प्रदान • Nepal's Trusted Digital Newspaperपोखरा घारीपाटन सहकारीद्वारा सेयर सदस्यहरुलाई सहकारी शिक्षा सम्वन्धी तालिम प्रदान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा घारीपाटन सहकारीद्वारा सेयर सदस्यहरुलाई सहकारी शिक्षा सम्वन्धी तालिम प्रदान

पोखरा घारीपाटन सहकारीद्वारा सेयर सदस्यहरुलाई सहकारी शिक्षा सम्वन्धी तालिम प्रदान

  • समाचारपाटी
  • आइतवार, जेष्ठ २२, २०७९
पोखरा घारीपाटन सहकारीद्वारा सेयर सदस्यहरुलाई सहकारी शिक्षा सम्वन्धी तालिम प्रदान

पोखरा । पोखरा १७ घारीपाटनमा रहेको घारीपाटन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि एक दिने सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । शनिबार भएको तालिममा प्रशिक्षकद्धय पोखरा महानगर सहकारी संघका अध्यक्ष वलराम गौतम र नेफ्स्कुनका केन्द्रीय सदस्य कमला गिरीले सकरात्मक विचार, सहकारीमा अवसर र चुनौती, सहकारीमा सञ्चालक समिति तथा कर्मचारीको भुमिका साथै सदस्यहरुले जान्नुपर्ने सहकारीका नियम लगायतका विषयमा प्रशिक्षण दिनुभएकाे थियाे ।

२०७५ सालमा स्थापना भएको सहकारीमा हाल ४ सय २२ शेयर सदस्य रहेको र सहकारीको पुँजी १ करोड ६३ लाख रुपैयाँ रहेको सहकारीका अध्यक्ष कृष्णकला केसीले जानकारी दिनुभयाे ।

प्रशिक्षण अघि उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी गण्डकी प्रदेश समन्वय समितिका सदस्य तेजनारायण अधिकारीले सहकारीमा सेयर सदस्य महत्वपुर्ण हुने बताउँदै सहकारीलाई गम्भीर भएर सोच्न सुझाव दिनुभयाे । एक सहकारी एक उत्पादनमा जोड दिनुपर्नेमा अधिकारीको जोड छ ।

उहाँले इमान्दारिपुर्वक व्यवसाय गर्ने ठाउँ सहकारी भएको बताउँदै सहकारीले प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरि आर्थिक, सामाजिक उत्तरदायित्व लगायतका कार्यले राष्ट्रलाई नै अमुल्य योगदान दिएको उल्लेख गर्नुभयाे । संस्थाको सञ्चालक सदस्य प्यारी गुरुङले स्वागत गरेको कार्यक्रममा शिक्षा समिति सदस्य राजन जोशीले सहकारीका सात सिद्वान्तको बारेमा प्रष्ट पार्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन सचिव लिलबहादुर जि.सी ले गर्नुभएकाे थियाे ।

Photo 1 Photo 2 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका