टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन • Nepal's Trusted Digital Newspaperटुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन

टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन

  • समाचारपाटी
  • आइतवार, जेष्ठ २२, २०७९
टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन

पोखरा । पोखरा महानगरपालिका १ पुरानो टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन गरिएको छ । स्थानीय क्लब बुद्धटोल युवा क्लबको पहलमा निर्मित उक्त बास्केटबल कोर्टको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गर्नुभएकाे हाे ।

उक्त बास्केटबल कोर्ट निर्माणका लागि युवा तथा खेकदुद मन्त्रालयबाट ९ लाख सहयोग गरिएको बास्केटबल कोर्ट निर्माण समितिका अध्यक्ष तथा युवा व्यवसायी हिटलर घलेले जानकारी दिनुभयाे । उहाँका अनुसार बुद्धटोल क्लबले ५ लाख र राष्ट्रिय उच्च माविले १ लाख सहयोग गरेको थियो ।

यसैगरि व्यक्तिगत रुपमा पनि कोर्ट निर्माणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष घलेले बताउनुभयाे । ‘युवा तथा खेलकुद मन्त्रालयको लागतमा निर्माण गरेका हौं, उहाँले भन्नुभयाे, ‘यसमा क्लबको पनि केही परेको छ केही व्यक्तिहरुको पनि सहयोग छ । अहिले पहिलो चरणको काम सकिएको छ । अब अर्काे चरणमा प्यारापिट तथा चेन्जिङ रुमको योजना छ ।’

उक्त उद्घाटनको क्रममा विभिन्न ४ टिमलाई मैत्रीपूर्ण खेल आयोजना गरिएको क्लबका उपाध्यक्ष असिम थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार सो खेलमा पर्वत क्लब र मास्क टिम विजयी भएको थियो ।

बुद्धटोल क्लबका अध्यक्ष विजया गुरुङको सभातत्विमा सम्पन्न कार्यक्रममा युवासमाजसेवी अमृत लामा गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभए काे थियाे भने अर्जुन परियारले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।

Basketball 2 Basketball 3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका