तनहुँ । तनहुँ जिल्लाको भिमाद नगरपालिका-९ मा शुक्रबार साँझ ७ बजे सिलिण्डर ग्यास पड्किएर एक बालिकाको मृत्यु भएको छ। स्थानीय च्यानडाँडा बस्ने शिवनारायण के.सी का ११ वर्षीया छोरी सुवेक्षा के.सी को ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षका (डिएसपी) युवराज खड्काले जानकारी दिनुभएकाे हाे।
पक्कीघरको कोठामा खाना पकाउने ग्याँस सिलिण्डर अचानक पड्किएर आगो लाग्दा कोठामै रहेकी सुवेक्षाको जलेर घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएकाे छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।