काठमान्डाैँ । नित्याशिवा र गायक पुरुषोत्तम न्यौपानेको आवाजमा रहेको ‘थाहा नपाई’ गीतको भिडियो सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायलको गीत र लेखन तथा निर्देशनमा निर्माण भएको थाहै नपाई गीतको भिडियो सार्वजनिक भएको हो । माया अन्धो हुन्छ अनि मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल भाव भिडियो ले बोकेकोछ ।
यस गीतमा शंकर सौगात र मनिषा श्रेष्ठ को अभिनय रहेकाे छ । राहुल कोइराला को छायांकन रहेकाे छ भने डिके हमाल को श्रीङार, राजन महर्जन को नृत्य र प्रेम शर्मा पौडेलको सम्पादन रहेकाे छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ ।