‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक छ':-झलनाथ खनाल • Nepal's Trusted Digital Newspaper‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक छ':-झलनाथ खनाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक छ’:-झलनाथ खनाल

‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक छ’:-झलनाथ खनाल

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ २०, २०७९
‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक छ’:-झलनाथ खनाल

काठमान्डौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिले पनि मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको बताउनुभएकाे छ । तर वामपन्थी आन्दोलनका मूल नेताले नै यसको महत्व र आवश्यकता नबुझेकाले तत्काल एकताको सम्भावना नरहेको उहाँको भनाइ छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मूल नेताहरुले नै वामपन्थी एकताको आवश्यकता बुझ्न नसकेको गुनासो गर्नुभयाे ।

‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफुलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन्’ उहाँले भन्नुभयाे, ‘त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका