यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात • Nepal's Trusted Digital Newspaperयू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात

यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ २०, २०७९
यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात

काठमान्डौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो ।

नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिनुभयाे । स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २–२ विकेट लिनुभयाे ।

यसअघि पहिले व्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो । आशा पुलामी मगर ३२ र श्रृष्टि जैसी २३ रनमा अविजित रहनुभएकाे थियाे । सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन जोड्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका