घट्यो गाडी भाडा कुन रूटमा कति पुग्यो भाडा (सुचीसहित) • Nepal's Trusted Digital Newspaperघट्यो गाडी भाडा कुन रूटमा कति पुग्यो भाडा (सुचीसहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • घट्यो गाडी भाडा कुन रूटमा कति पुग्यो भाडा (सुचीसहित)

घट्यो गाडी भाडा कुन रूटमा कति पुग्यो भाडा (सुचीसहित)

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ २०, २०७९
घट्यो गाडी भाडा कुन रूटमा कति पुग्यो भाडा (सुचीसहित)

काठमान्डौं । यातायात व्यवस्था विभागले पेट्रोलिम पदार्थको मूल्य घटेसँगै सवारी साधनको भाडा घटाएको छ ।

विभागले शुक्रबारदेखि लागू हुनेगरी अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार बेलुकी पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घटाएको हो ।

आजैदेखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार समायोजन गरिएको विभागले जनाएको छ ।

तल लिङ्क किल्क गर्नुहाेला ।

https://drive.google.com/file/d/1IsjQmGT1JYdMjgQhlx76rDP_Xzs4YHqH/view

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका