राप्रपा नेपालकाे बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला हेटौंडामा सम्पन्न • Nepal's Trusted Digital Newspaperराप्रपा नेपालकाे बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला हेटौंडामा सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपा नेपालकाे बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला हेटौंडामा सम्पन्न

राप्रपा नेपालकाे बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला हेटौंडामा सम्पन्न

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ २०, २०७९
राप्रपा नेपालकाे बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला हेटौंडामा सम्पन्न

हेटौंडा । हेटौंडामा राप्रपा नेपालले बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा ६ बुदे निर्णय गर्दै कार्यक्रम  सम्पन्न गरेकाे छ । बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाका निर्णयहरू यस्ता रहेका छन् ।

१ हिन्दुराष्ट्र, लोकतन्त्र र राष्ट्रियताको मान्यतामा आधारित ‘सम्वर्द्धनवाद’ को बैचारिक दर्शनको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपालको लक्ष्य हासिल गर्ने उद्देश्य प्राप्तिका निम्ति राप्रपा नेपाललाई देशको बलियो र अग्रणी शक्ति बनाउने अभियानमा वागमती प्रदेश भित्रका सबै जिल्ला कार्यसमिति मन, वचन र कर्मले समर्पित रहने यो भेला संकल्प गर्दछ।

२ अगुवा कार्यकर्ता भेलामा केन्द्रको तर्फबाट प्रस्तुत भावि कार्यदिशा तथा कार्यक्रमलाई सबै जिल्लाहरुमा कार्यान्वयन गर्ने यो भेला प्रतिवद्धता व्यक्त गर्दछ।

यसक्रममा
क यथासम्भव चाँडो जिल्ला कार्यसमितिलाई पूर्णता प्रदान गरिने छ,
ख भाद्र महिना भित्र प्रदेश भित्रका सबै पालिकाका वडाहरुमा पार्टीको ईकाई समितिहरु गठन सम्पन्न गरिने छ,
ग आषाढ महिना भित्र जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिने छ।
घ पार्टीको जिल्ला कार्यालय व्यवस्थित रूपमा संचालन गर्नुका साथै सबै तहका कार्यसमितिहरुको बैठक कम्तीमा महिनाको एकपटक गरिने छ।
३ नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नाले सर्वसाधारण जनतालाई ठूलो मर्का परेको छ। यसबाट सबै उपभोग्य वस्तुहरुको मुल्य बढ्न गएको छ। त्यसर्थ, सरकारले विभिन्न नाममा उठाउँदै आएको कर हटाएर भएपनि पेट्रोलियम पदार्थको मूल्य घटाउन यो भेला सरकारसँग माग गर्दछ।

४ वागमती प्रदेशको राजधानी हेटौंडालाई यस प्रदेश अन्तर्गतका सबै जिल्लाहरुसँग सोझो र सरल यातायातको माध्यमबाट जोड्न तथा यसक्रममा काठमान्डौं उपत्यका सम्म सहज आवागमनको लागि हेटौंडा काठमाडौं जोड्ने सुरंग मार्गलाई उच्च प्राथमिकताका निर्माण गर्न प्रदेश र संघीय सरकारसँग यो भेला जोडदार माग गर्दछ।

५ हिन्दुराष्ट्र र राष्ट्रियताको सिद्धान्त प्रति प्रतिबद्ध विगतमा सँगै काम गरेका तथा अन्य सबै दाजुभाई दिदी बहिनीहरुलाई राप्रपा नेपालको अभियानमा सहभागी हुन यो भेला आह्वान गर्दछ ।

६ वन, वन्यजन्तु र पर्यावरणको संरक्षण सुनिश्चित गरि तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई निरन्तरता दिन सरकारसँग यो भेला आग्रह गर्दछ ।

received 353210230060813

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका