पोखरा । राष्ट्रिय नागरिक पार्टीका केन्द्रिय सदस्य कृष्ण बहादुर रानाभाटले केन्द्रिय सदस्य पद, प्रेस सल्लाहकारको जिम्मेवारी तथा पार्टीको क्रियाशिल सदस्य समेत नरहने गरी राजिनामा दिनुभएकाे छ ।
केन्द्रिय अध्यक्ष शुक्रबहादुर गुरुङलाई सम्बोधन गरी उहाँले दिएको राजीनामा पत्रमा पार्टीको केन्द्रिय सदस्य पदमा वसेर पार्टीका गतिविधिलाई निरन्तरता दिन समय अभावका कारण नसकेको, हाल स्थानिय तह सदस्य निर्वाचन २०७९ मा पार्टीले लज्जाजनक हार व्यहोर्नु परेकोले नैतिक रुपमा आफ्नो पनि जिम्मेवारी महशुस भई पद मात्र ओगट्नु भन्दा राजिनामा दिनु उचित ठानी राजिनामा दिएको बताउनुभएकाे छ ।
उहाँले पार्टीमा आवद्ध रहदाँ पार्टीलाई केहि उचाइमा लाने प्रयत्न गरेको भएता पनि आँच आउने कुनै काम नगरेकाे सकेको काम गरेको बताउँदै कुनै पनि प्रकारको आर्थिक तथा अन्य लाभ कुनै पनि संघ संस्था वा व्यक्तिबाट नलिएको उल्लेख गर्नुभएकाे छ ।
साथै २०५४ साल देखि पत्रकारीतामा सक्रिय रहनुभएका रानाभाट आगामी दिनमा पत्रकारितालाई पहिलो प्राथमिक दिई अन्य संघसंस्थाहरुमा क्रियाशिल रहने तर कुनै पनि राजनितिक दलमा नरहने प्रतिवद्धता व्यक्त गरेको बताउनुभएकाे छ ।