सप्तकोशी नदीमा हाम फालेका व्यक्तिकाे सशस्त्र प्रहरीद्धारा उद्धार • Nepal's Trusted Digital Newspaperसप्तकोशी नदीमा हाम फालेका व्यक्तिकाे सशस्त्र प्रहरीद्धारा उद्धार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सप्तकोशी नदीमा हाम फालेका व्यक्तिकाे सशस्त्र प्रहरीद्धारा उद्धार

सप्तकोशी नदीमा हाम फालेका व्यक्तिकाे सशस्त्र प्रहरीद्धारा उद्धार

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ १९, २०७९
सप्तकोशी नदीमा हाम फालेका व्यक्तिकाे सशस्त्र प्रहरीद्धारा उद्धार

सप्तरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेकाे छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी ७ बजेर १५ मिनेटतिर हाम फालेका व्यक्तिको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयाे ।

उहाँका अनुसार झापाको कमल गाउँपालिका-५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम फालेका थिए । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीको सहयोगमा उद्धार गरेको हो ।

उद्धार गरी लिम्बुलाई सम्झाइ बुझाइ घर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका