पोखरामा एक महिलाद्वारा धर्मपुत्रीको हत्या गरेर आफुले पनि आत्महत्या • Nepal's Trusted Digital Newspaperपोखरामा एक महिलाद्वारा धर्मपुत्रीको हत्या गरेर आफुले पनि आत्महत्या • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरामा एक महिलाद्वारा धर्मपुत्रीको हत्या गरेर आफुले पनि आत्महत्या

पोखरामा एक महिलाद्वारा धर्मपुत्रीको हत्या गरेर आफुले पनि आत्महत्या

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ १९, २०७९
पोखरामा एक महिलाद्वारा धर्मपुत्रीको हत्या गरेर आफुले पनि आत्महत्या

पोखरा । पोखराको सिर्जनाचोकमा बुधबार एक महिला र बालिका कोठाभित्र मृत अवस्थामा भेटिएका छन । महिला कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा र बालिकालाई सलले बाँधेर हत्या गरिएको अवस्थामा भेटिएका हुन ।

चितवनको रत्ननगर नगरपालिका घर भई पोखराको सिर्जनाचोकमा वस्दै आएकी ३९ बर्षिया श्रीमति झुण्डिएको अवस्थामा भेटिनुभएकाे हाे । ४० बर्षिय संञ्जु भन्ने संजय शर्मा खतिवडाले आफ्नी श्रीमति सुशिलाले सात बर्षिया छोरी सोनियाको हत्या गरेर आफुले पनि आत्महत्या गरेकाे प्रहरीलाई बताउनुभएकाे छ ।

पोखराको सिर्जनाचोकस्थित लिटिल स्टेप स्कुलमा भर्खर कक्षा दुईमा पढ्दै गरेकी सोनियालाई संजय र सुशिलाले धर्मपुत्रीको रुपमा पाल्दै आएका आफन्तले वताएका छन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुन्दर तिवारीले घटना सम्बन्धमा अनुसन्धान भैरहेको जानकारी दिनुभएकाे छ। उहाँले महिला कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा भेटिएको र बालिका मृत अवस्थामा देखिएको बताउनुभयाे। बालिकालाई बिष खुवाएर सलले घांटीमा बाँधेर हत्या गरिएको हुनसक्ने डिएसपी तिवारीले आशंका गर्नुभएकाे छ। तर शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र बास्तविक रुपमा के भएको हो भन्न सकिने उहाँले स्पस्ट पार्नुभयाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका