काठमान्डौं । गायक थानेश्वर गौतमको सुमधुर स्वर, संगीतमा समावेश गजल ”तिम्रो मायामा”को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाच्न सक्छु भन्ने भावाना प्रेमीले व्यक्त गरेकाे भाव देखाउन खाेजिएकाे छ।
म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्री फिचर्ड रहेकाे छ। राम केसीले छायाँकन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ। भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएकाे हाे। अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो नेपाली मेलोडिज नामक युट्युव च्यानल माफर्त सार्वनजिक भएको हो।
