लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको सम्मान र माइन्यूट हस्तान्तरण • Nepal's Trusted Digital Newspaperलायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको सम्मान र माइन्यूट हस्तान्तरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको सम्मान र माइन्यूट हस्तान्तरण

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको सम्मान र माइन्यूट हस्तान्तरण

  • समाचारपाटी
  • बुधबार, जेष्ठ १८, २०७९
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको सम्मान र माइन्यूट हस्तान्तरण

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले लायन वर्ष २०२२÷२३ लाई सभ्य र भव्य बनाउने उद्देश्यका साथ निर्वाचित अध्यक्ष आनन्द पौडेलले आफ्ना पाइला बढाउनुभएकाे छ । क्लबले पोखरामा आयोजित माइन्यूट हस्तान्तरण, नयाँ सदस्य सम्मान तथा लायन वर्ष २०१७÷१८ का डिट्रिक गभर्नर तथा नवनिर्वाचित महानगर प्रमुख धनराज आचार्यलाई बधाई ज्ञापन एकैसाथ सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि जोन चियर पर्सन नारायण कोइरालाले नयाँ सदस्य फर्सबहादुर बिसी, अमित बाटाजु र जमुना खड्कालाई सम्मान गर्दै क्लबको सामाजिक सेवाको भावले प्रेरित भएर आफू लायनवादमा लागेको बताउँदै नयाँ लायन मित्रहरुलाई जो सँग जे छ त्यसलाई सोही ठाउँबाट परिचालन गरेर अगाडि बढ्न आग्रह गर्नुभएकाे थियाे ।

कार्यक्रममा अध्यक्ष सुब्बा घिमिरेले निर्वाचित अध्यक्ष आनन्द पौडेल र सचिव सुजित बिजुक्छेले निर्वाचित सचिव प्रमोद रानाभाटलाई माइन्यूट हस्तान्तरण गर्नुभएकाे थियाे ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हरि भाट, पूर्व अध्यक्ष मीना रानाभाट, कृष्ण रानाभाट, असफल गौतम, सुब्बा घिमिरे, प्रथम उपाध्यक्ष तुल रानाभाट, द्धितीय उपाध्यक्ष सुजित बिजेक्छु, सचिव प्रमोद रानाभाट, पब्लिक रिलेसन अफिसर लाल रानाभाटलगायतले नयाँ निर्वाचित पदाधिकारीका सफल कार्यकालको शुभेच्छा व्यक्त गर्नुभएकाे थियाे ।

सम्मानित नयाँ लायन सदस्य फर्सबहादुर बिसीले लायन्ससँगको सहकार्यले आफूमा थप सेवाको भावना बढेको बताउनुभएकाे थियाे । अमित बाटाजु र जमुना खड्कासहितले पनि क्लबको सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताउनुभएकाे थियाे ।

साथै क्लबको महानगर प्रमुखलाई सम्मान तथा बधाइ ज्ञापन कार्यक्रमका सन्दर्भमा प्रत्येक क्लबलाई समय दिन नसकिने प्रमुखका स्वकीय सचिवबाट जानकारी प्राप्त भएपछि कार्यकालको सफलताको शुभेच्छा व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।

Lions 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका