स्वतन्त्र पत्रकार संघ कास्कीमा अग्रज पत्रकारको सम्मान • Nepal's Trusted Digital Newspaperस्वतन्त्र पत्रकार संघ कास्कीमा अग्रज पत्रकारको सम्मान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्वतन्त्र पत्रकार संघ कास्कीमा अग्रज पत्रकारको सम्मान

स्वतन्त्र पत्रकार संघ कास्कीमा अग्रज पत्रकारको सम्मान

  • समाचारपाटी
  • बुधबार, जेष्ठ १८, २०७९
स्वतन्त्र पत्रकार संघ कास्कीमा अग्रज पत्रकारको सम्मान

पोखरा । स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाले सोमवार अग्रज पत्रकारको सम्मान तथा योगदानको स्मरण गरेको छ ।
स्वतन्त्र पत्रकार संघ नेपालको आसन्न केन्द्रीय महाधिवेशनको पूर्व सन्ध्यामा शाखाको तयारी भेलासहितिको समारोहमा अग्रज पत्रकार प्रजातन्त्र सेनानी अग्रज पत्रकार केशवराज पराजुली, उदयबहादुर अमात्य, उमाकान्त शर्मा र भूपनिधि पन्तलाई सम्मान गरिएकाे थियाे ।

सम्मानित पत्रकारले संघको अग्रज स्मरण संस्कार स्तुत्य रहेको बताउनुभएकाे थियाे । समारोहका वक्ताले राष्ट्रिय राजनीतिमा दलीय व्यवस्थाप्रतिको वितृष्णा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले प्राप्त गरेको सफलताले देखाएकाले विचलित नभइकन निरन्तर आफ्नो कर्ममा लाग्न सुझाउनुभएकाे थियाे ।

भेलामा संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, पार्षद्, कल्याण पन्त, विश्वलाल श्रेष्ठ, बालकृष्ण सुवेदी, संघका कोषाध्यक्ष ओम उपाध्यायलगायतले आफ्ना धारणा राख्दै अग्रजको सम्मान र दिवंगतको स्मरणमा संघ निरन्तर क्रियाशील रहने धारणा राख्नुभएकाे थियाे ।

सो समारोह बीच संघका पार्षद् यज्ञप्रसाद बास्तोला र विष्णुप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो । तिथिका हिसाबले ज्येष्ठ १६ गते सोमवारकै दिन यज्ञप्रसाद बास्तोलाको प्रथम वार्षिक पुण्यतिथि रहेको सन्दर्भमा संघले सम्मान र स्मरण कार्यक्रम आयोजना गरेको हो ।

संघको मुखपत्र स्वतन्त्र सन्देशका सम्पादकसमेत रहनुभएका बास्तोलाको स्मृतिमा स्वतन्त्र सन्देशलाई बास्तोला विशेषाङ्कका रूपमा प्रकाशन गर्ने संघले जनाएको छ ।

शाखा अध्यक्ष असफल गौतमको अध्यक्षतामा सम्पन्न भेलाले महाधिवेशन सफल पार्न विभिन्न कार्ययोजना तय, महाधिवेशन प्रतिनिधि चयन र पदाधिकारी सिफारिसलगायतका महत्वपूर्ण निर्णयसमेत गरेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका