तारा एयर जहाज दुर्घटना : जहाजमा सवार यात्रु सबैकाे मृत्यु, १४ जनाको शव भेटियो • Nepal's Trusted Digital Newspaperतारा एयर जहाज दुर्घटना : जहाजमा सवार यात्रु सबैकाे मृत्यु, १४ जनाको शव भेटियो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तारा एयर जहाज दुर्घटना : जहाजमा सवार यात्रु सबैकाे मृत्यु, १४ जनाको शव भेटियो

तारा एयर जहाज दुर्घटना : जहाजमा सवार यात्रु सबैकाे मृत्यु, १४ जनाको शव भेटियो

  • समाचारपाटी
  • सोमवार, जेष्ठ १६, २०७९
तारा एयर जहाज दुर्घटना : जहाजमा सवार यात्रु सबैकाे मृत्यु, १४ जनाको शव भेटियो

जोमसोम । तारा एयरको ९ एन एईटी जहाजको दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुमध्ये १४ जनाको शव भेटिएको दुर्घटनास्थलमा पुग्नुभएकाे स्थानीय ईन्द्रसिंह शेरचनले जानकारी दिनुभएकाे छ ।

अन्य यात्रुको खोजी भइरहेको शेरचनले बताउनुभएकाे छ । अहिले घटनास्थलमा सशस्त्र प्रहरी ,नेपाली सेना र प्रहरीको टोली पुगेर शव खोजी तथा संकलन गरिरहेको शेरचनले जानकारी दिनुभएकाे छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बिहान १०:१० मिनेटमा सम्पर्कविहीन भएको थियो । जहाज थासाङको मानापाथी हिमालस्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको हो। जहाजमा ३ चालक दलका सदस्य र १९ यात्रु सवार थिए।

तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ। जहाजमा रहेका चालक दलका ३ सदस्य र १९ जना यात्रु सबैको मृत्यु भएको घटनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिनुभएको हाे । अहिले नेपाली सेना, प्रहरी र घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन गरिरहेको छ।

घटनास्थलमा रहेका थासाड गाउँपालिका वडा नम्बर ३ का स्थानीय युवा सुमित गौचनले घटनास्थलमा कोही पनि जिवित नभेटिएको बताउनुभएकाे हाे ।

तारा एयरको ९ एन एईटी जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको थियो । जहाजमा चालक दलका ३ सदस्य, यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली थिए। जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो। जहाजमा पाइलट प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा थिए। जहाजमा दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ थिए। साथै भारतीय नागरिक बान्देकर वैसवी,अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका त्रिपाठीसमेत सोही जहाजमा थिए।

यस्तै,जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ।

बेपत्ता भएको जहाज समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा दुर्घटना भएको थियो। थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार दुर्घटनाग्रस्त अवस्थामा जहाज भेट्नुभएकाे हाे।

धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ। विमानमा मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले, उहाँका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका हुन्।

उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको खबरले परिवारमा रुवाबासी चलेको छ। गाउँमा चिन्ता छाएको छ।

284495164 3091914224394146 3704973749091539125 n

air3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका