मेयर बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलले लिनुभयाे सपथ • Nepal's Trusted Digital Newspaperमेयर बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलले लिनुभयाे सपथ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मेयर बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलले लिनुभयाे सपथ

मेयर बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलले लिनुभयाे सपथ

  • समाचारपाटी
  • सोमवार, जेष्ठ १६, २०७९
मेयर बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलले लिनुभयाे सपथ

काठमान्डौँ । काठमान्डौँ महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ। सोमबार राष्ट्रियसभा गृहमा आयोजित पद तथा गोपनीयता सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले साहलाई मेयर पदको गोपनीयताको सपथ गराउनुभएकाे हाे।

बालेनले आफूले सपथ ग्रहण गरेपछि उपप्रमुख सुनिता डंगोललाई पद तथा गोपनीयताको सपथ खुवाउनुभएकाे हाे। नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आजै पदबहाली गर्ने भएका छन्।

काठमान्डाैँ महानगरपालिका ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक काठमान्डाैँ महानगरपालिकामा १६० जनप्रतिनिधि रहनेछन्।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका