श्रीताल बाराही माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः न्यौपाने चयन • Nepal's Trusted Digital Newspaperश्रीताल बाराही माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः न्यौपाने चयन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • श्रीताल बाराही माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः न्यौपाने चयन

श्रीताल बाराही माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः न्यौपाने चयन

  • समाचारपाटी
  • सोमवार, जेष्ठ १६, २०७९
श्रीताल बाराही माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः न्यौपाने चयन

गणेश पहारी । पोखरा । पोखरामा महाहनगरपालिका वडा ६ बैदाममा अवस्थित श्री ताल बाराही माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुन कृष्ण प्रसाद न्यौपाने चयन हुनुभएकाे छ । आइतबार बसेको बिद्यालय ब्यवस्थापन समितिको बैठकले न्यौपाने लाई आगामि ३ बर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

नौ सदस्यी नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेब बराल, अभिभावकहरुबाट सदस्यहरुमा गिरीराज अधिकारी,बालकृष्ण मल्ल र रमा अधिकारी रहेका छन, तेसै गरि वडा शिक्षा समितिबाट तेजनाथ न्यौपाने र शिक्षक प्रतिनिधिमा देवी कुमारी के.सी नियुक्त हुनुभएकाे हाे । एक सदस्य पछी बिद्यालयले मनोनित गर्ने गरि ९ सदस्य नयाँ विद्यालय ब्यबस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ तारा प्रसाद पोखरेलले जानकारी दिनु भएको छ ।

नव नियुक्त पदाधिकारीहरुलाई आइतबार नै पदस्थापन गरिएको थियो । नव नियुक्त अध्यक्ष न्यौपानेले ‘आफ्नो कार्यकालमा बिद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशिल रहने’ बताउनु भयो ।

प्रधानध्यापका पोखरेलले “नव निर्वाचित ब्यवस्थापन समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफु विश्वस्त” रहेको बताउनु भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका