लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका-७ कोईलेनिस्थित मध्यपहाडी लोकमार्गमा ट्रिपर दुर्घटना हुँदा घटनास्थलमै चारजनाको मृत्यु भएको छ।
लोकमार्गको काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सनको बा ४ ख ७७८१ नम्वरको ट्रिपर दुर्घट्ना हुँदा चालकसहित सुपरभाईजर, प्राविधिक र सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चालक गजुरी गाउँपालिका-६ धादिङका २७ वर्षिय आकास घिमिरे, आयाेजनाका सुपरभाईजर ४५ वर्षिय उत्तम न्याैपाने, २८ वर्षिय पारश शाह र २५ वर्षिय रविन्द्र सेढाई रहेकाे प्रहरीले जनाएकाे छ। चालक बाहेक अन्य मृतककाे ठेगना खुलेकाे छैन।
सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्ने क्रममा ट्रिपर सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएकाे छ। घटनास्थलमा प्रहरी, स्थानीय र आयाेजनाका मजदुरहरूले उद्दारकार्य गरिरहेका छन्।