जाजरकोट । कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी २५ वर्षपछि जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जाजरकोट जिल्ला जुनिचाँदे गाउँपालिका-७ बस्ने जगविलाल रोकायसमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतको मिति २०५४ बैशाख २७ गतेको फैसलाले १० वर्ष कैद तोकिएका फरार प्रतिवादी जगविलाल रोकायलाई प्रहरीले पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले रोकायको घर नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी ल्याएको हो।
अदालतले रोकायलाई कारागार चलान गर्न आदेश दिएको छ। रोकायले २५ वर्षअघि गाँउकै एक जनाको हत्या गरेको ठहर गदै १० वर्ष कैद सजायको अदालतले फैसला गरेको हो।