गायिका प्रतिमा केसीले नयाँ गीत ‘मुटुको कप्टेरो’ बजारमा ल्याउनुभएकाे छ । आहा टिभी युट्युब च्यालनमार्फत सार्वजनिक भएको गीतमा प्रतिमालाई वीरेन्द्र चन्द ‘बेहोसी’ले साथ दिनुभएकाे छ। मुटुको कप्टेरो विष्णु भट्टले लेख्नुभएकाे हाे भने संगीत पनि उहाँकै रहेको छ। ओम
सुनारले एरेन्ज गरेको गीतमा विशाल निरौलाले मिक्सिङ र मास्टिरिङ गर्नुभएकाे छ। ऋषि बरालले निर्देशन गरेको गीत भिडियोमा जिबी चिरण, कृतिका केसी र रुवि श्रेष्ठले अभिनय गर्नुभएकाे छ। दीपक गिरीले खिचेको भिडियो आयुष्मान सापकोटाले सम्पादन गर्नुभएकाे हाे।
गायिका केसीले यसअघि भन्देउ हजुर, माया लाइसको, फसल पाक्यो है, संसारको चाललगायत गीत ल्याइसक्नुभएकाे छ भने ‘रिमझिम, राधाप्यारी, लजाएर लुकी लुकी’ गीत बजारमा ल्याउने तयारीमा हुनुहुन्छ।