पोखरा । पोखरा महानगरपालिका १३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक सहयोग गर्नुभएकाे छ । पोखरा १३ अमलाचौरस्थित अमरज्योती आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै पुगेर पोशाक सहयोग गर्नुभएकाे हाे ।
विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै युवा नेता लामाले विद्यार्थीहरुको प्रोत्साहानका लागि सहयोग गरेको बताउनुभयाे । ‘गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहान हुन्छ भन्ने हेतुले डेस दिएको हुँ, उहाँले भन्नुभयाे, ‘यसको साथसाथै सामुदायिक स्कुलमा पनि विद्यार्थीहरुको अकर्षण बढ्छ भन्ने अभिप्राय हो ।’
यसैगरी विद्यालयका प्रध्यानाध्याक विमल बरालले लामाको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै सकरात्मक सन्देश प्रवाभ भएको बताउनुभयाे । सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुे उदाहरणीय कार्य रहेको बरालले बताउनुभएकाे थियाे ।
निवर्तमान वडाध्यक्ष लामाले आफ्नो कार्यकालमा शैक्षिक गुणस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरु समेत सम्पन्न गरिसक्नुभएकाे छ । उहाँले वडाको शिक्षामा एकरुपता ल्याउनका लागि पाठ्यक्रम (लेसन प्लान) बनाउनुभएकाे थियाे । भने सामुदायिक विद्यालयमा बस समेत खरिद गर्नुभएकाे थियाे । यसैगरी भद्रकाली माविमा पक्की भवन समेत निर्माण गर्नुभएकाे थियाे । उहाँले यसअघि पनि वडा भित्रका नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गर्नुभएकाे थियाे ।