सम्पर्कविहीन जहाजकाे खोजीमा हेलिकोप्टर परिचालन • Nepal's Trusted Digital Newspaperसम्पर्कविहीन जहाजकाे खोजीमा हेलिकोप्टर परिचालन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सम्पर्कविहीन जहाजकाे खोजीमा हेलिकोप्टर परिचालन

सम्पर्कविहीन जहाजकाे खोजीमा हेलिकोप्टर परिचालन

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १५, २०७९
सम्पर्कविहीन जहाजकाे खोजीमा हेलिकोप्टर परिचालन

पाेखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर 9N-AET कल साइन भएको ट्वीनेटर जहाज  सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ । उहाँका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले भन्नुभयाे, ‘सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा छ ।’ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीले सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको बताउनुभएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका