सम्पर्कविहीन जहाजको मुस्ताङको घाँसामा खोजी, जहाजमा १६ नेपाली, ६ जना विदेशी • Nepal's Trusted Digital Newspaperसम्पर्कविहीन जहाजको मुस्ताङको घाँसामा खोजी, जहाजमा १६ नेपाली, ६ जना विदेशी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सम्पर्कविहीन जहाजको मुस्ताङको घाँसामा खोजी, जहाजमा १६ नेपाली, ६ जना विदेशी

सम्पर्कविहीन जहाजको मुस्ताङको घाँसामा खोजी, जहाजमा १६ नेपाली, ६ जना विदेशी

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १५, २०७९
सम्पर्कविहीन जहाजको मुस्ताङको घाँसामा खोजी, जहाजमा १६ नेपाली,  ६ जना विदेशी

पाेखरा । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।

प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।

९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाउनुभएकाे थियाे । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताउनुभएकाे छ ।

onlinekhabar

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका