आज जेठ १५ गते राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रदेश प्रमुखको उपस्थितिमा बिहान ८ बजे विशेष समारोह गरेकाे छ ।
विशेष समारोह अगाडि ७ : ३० मा सहिदपार्कमा श्रद्धाञ्जली अर्पण गरेर मुख्यमन्त्री लगायतले मन्त्री परिषद कार्यालयसम्म पदयात्रा गर्नुभएकाे छ ।