चार प्रदेशका केहि स्थानहरुमा चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperचार प्रदेशका केहि स्थानहरुमा चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चार प्रदेशका केहि स्थानहरुमा चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना

चार प्रदेशका केहि स्थानहरुमा चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १५, २०७९
चार प्रदेशका  केहि स्थानहरुमा  चट्याङ्ग  र  हावा हुरीसहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीमा भने प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका