८ जना कोराना संक्रमित थपिए, १५ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper८ जना कोराना संक्रमित थपिए, १५ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ८ जना कोराना संक्रमित थपिए, १५ जना कोरोना संक्रमण मुक्त

८ जना कोराना संक्रमित थपिए, १५ जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • शनिबार, जेष्ठ १४, २०७९
८ जना कोराना संक्रमित थपिए, १५ जना कोरोना संक्रमण मुक्त

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ८ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय १९ जनाकाे पिसिआर परीक्षण गर्दा ५ जना र ८ सय ५० जनाकाे एनटिजेन परीक्षण गर्दा ३ जना गरी ८ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

१ लाँख ४५ हजार ३४ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । १ हजार ९ सय ६९ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६७ हजार ५२ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका