'माननीय गगनजी तपाईमा मानवता हराउन लागेको हो कि भन्ने भान भयो':-शान्ता चौधरी • Nepal's Trusted Digital Newspaper'माननीय गगनजी तपाईमा मानवता हराउन लागेको हो कि भन्ने भान भयो':-शान्ता चौधरी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘माननीय गगनजी तपाईमा मानवता हराउन लागेको हो कि भन्ने भान भयो’:-शान्ता चौधरी

‘माननीय गगनजी तपाईमा मानवता हराउन लागेको हो कि भन्ने भान भयो’:-शान्ता चौधरी

  • समाचारपाटी
  • शनिबार, जेष्ठ १४, २०७९
‘माननीय गगनजी तपाईमा मानवता हराउन लागेको हो कि भन्ने भान भयो’:-शान्ता चौधरी

काठमाडौँ । नेकपा एमालेकी सचेतक शान्ता चौधरीले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्नेगरी कांग्रेस सांसद गगनकुमार थापाले संसदमा दिएको अभिव्यक्तिमा आपत्ति जनाउनुभएकाे छ।

विरामी भनेर संसदमा बसेर सम्बोधन गर्ने र स्वस्थ मानिसजस्तै तीन घण्टा बोल्ने भन्दै गगन थापाले व्यंग्य गर्नुभ्एकाे थियाे। निर्वाचनमा भोगेको पराजयले रन्थनिएका प्रतिपक्षी दलका नेता बसेर उठेर सुतेर जसरी बोले पनि हुने र आफूहरुले सन्दिनु पर्छ  विचारा बाहेक अरु भन्ने ठाउँ नरहेको थापाको टिप्पणी थियो।

यसमा आपत्ति जनाउँदै शान्ताले कुर्सीमा बसेको कुरालाई नकारात्मक ढंगले प्रस्तुत गरेको भन्दै प्रतिवाद गर्नुभएकाे हाे। स्वास्थ्यका कारणले बसेर सम्बोधन गरेको कुरालाई नकारात्मक ढंगले प्रस्तुत गर्नुले थापामा मानवता हराएको देखिएको उहाँको टिप्पणी छ।

santa2

‘माननीय गगनजी तपाईंलाई म सम्मान गर्छु। तपाईप्रति नेपाली जनताले ठूलो आशा र भरोसा राखेको छ। तर तपाइँ आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा तपाईमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो,’ उहाँले भन्नुभयाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका