काठमान्डौँ । माआवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काठमान्डौंमा बालेन्द्र साह र धरानमा हर्क साङपाङको विजयी हुनु साँचो अर्थमा स्वतन्त्र उम्मेदवारले जितेको मानिने बताउनुभएकाे छ ।
शनिबार संसदमा बोल्दै प्रचण्डले उनीहरुको पछाडि कुनै पनि पार्टी र उनीहरुको नेताको साथ नरहेको भन्दै साँचो अर्थमा स्वतन्त्र भएको उल्लेख गर्नुभयाे । बाँकी उम्मेदवार भने पार्टीकै बलमा जितेको उहाँले बताउनुभएकाे छ ।
काठमाडौं र धरानमा जनताले उम्मेदवारको विचार, प्रवृत्ति र संकल्प मन पराएकै कारण स्वतन्त्र उम्मेदवारले जितेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयाे संघीय लोकतान्त्रिक गणतन्त्रभित्र काठमाडौं र धरानमा फेरि दुईटा नयाँ फूलहरु फक्रिएका हुन्, फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्र नै हो ।’