'ओली माओवादीकाे वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएकाे हाे, अब भएर देखाउनुस् मानौंला':-प्रचण्ड • Nepal's Trusted Digital Newspaper'ओली माओवादीकाे वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएकाे हाे, अब भएर देखाउनुस् मानौंला':-प्रचण्ड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘ओली माओवादीकाे वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएकाे हाे, अब भएर देखाउनुस् मानौंला’:-प्रचण्ड

‘ओली माओवादीकाे वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएकाे हाे, अब भएर देखाउनुस् मानौंला’:-प्रचण्ड

  • समाचारपाटी
  • शनिबार, जेष्ठ १४, २०७९
‘ओली माओवादीकाे वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएकाे हाे, अब भएर देखाउनुस् मानौंला’:-प्रचण्ड

काठमान्डौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिनुभएकाे छ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भन्नुभयाे, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’

राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै दम्भबाट पछि नहटेको बताउनुभएकाे छ ।

‘पुनर्समीक्षमा जानुहुन्छ कि भनेको त उहाँ त खाली गाली र बदनामी गर्ने,’ प्रचण्डले भन्नुभयाे, ‘मेरो दृष्टिमा आफ्नो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन् ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका