'हाम्रा सिनियर नेता यहाँ उभिएर तीन चार घण्टा बोल्नुहुन्छ,बोरिङ भइहाल्छ':-सांसद शाह • Nepal's Trusted Digital Newspaper'हाम्रा सिनियर नेता यहाँ उभिएर तीन चार घण्टा बोल्नुहुन्छ,बोरिङ भइहाल्छ':-सांसद शाह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘हाम्रा सिनियर नेता यहाँ उभिएर तीन चार घण्टा बोल्नुहुन्छ,बोरिङ भइहाल्छ’:-सांसद शाह

‘हाम्रा सिनियर नेता यहाँ उभिएर तीन चार घण्टा बोल्नुहुन्छ,बोरिङ भइहाल्छ’:-सांसद शाह

  • समाचारपाटी
  • शनिबार, जेष्ठ १४, २०७९
‘हाम्रा सिनियर नेता यहाँ उभिएर तीन चार घण्टा बोल्नुहुन्छ,बोरिङ भइहाल्छ’:-सांसद शाह

काठमान्डौँ ।  नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले शीर्ष नेताहरुको लामो सम्बोधनमा असन्तुष्टि जनाउनुभएकाे छ। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद शाहले मान्छेको सुन्ने क्षमता नै बढीमा एक घण्टा भएको भन्दै एउटै व्यक्ति तीन/चार घण्टा बोल्दा बोरिङ भएको गुनासो गर्नुभयाे।

विद्यालय र क्याम्पसको एउटा कक्षा पनि बढीमा एक घण्टाको सुन्ने क्षमतालाई मध्यनजर गरेर ४५ मिनेटदेखि एक घण्टा बनाइएको उल्लेख गर्दै शाहले राज्यको नेतृत्व गर्ने नेताहरुले यो कुरा ख्याल नगरेको गुनासो गर्नुभएकाे छ।

‘हामी कलेज पढ्दा हाम्रो लेक्चर पनि ४५ मिनेटदेखि एक घण्टाको हुन्थ्यो,’ उहाँले भन्नुभयाे, ‘किनभने ह्मुयन क्यापासिटी, सुन्ने क्यापासिटी ४५ मिनेटदेखि १ घण्टामात्रै हुँदो रहेछ।’

उहाँले थप्नुभयाे, ‘तर हाम्रा सिनियर नेता यहाँ उभिएर तीन/तीन चार/चार घण्टा बोल्नुहुन्छ। त्यो तीन/चार घण्टा एक लेभलपछि बोरिङ भइहाल्छ। त्यसैभएर मेरो सुझाव के छ भने आफनो कुराहरु संक्षिप्त, प्रिसाइज, सुन्ने गरी एक घण्टामै टुंग्याउनुपर्छ।’

कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने शाहले त्यहाँको कृष्णनगर नाकालाई नीति तथा कार्यक्रममा नराखिएकोमा आपत्ति जनाए। ‘कृष्णनगर नाका गुजरातको मुन्द्रासँग जोडिन्छ। त्यहाँ सुख्खा बन्दरगाह प्रस्ताव गरेका थियौं। तर नीति तथा कार्यक्रममा परेन । प्रस्ताव पारित भए तेस्रो मुलुकसँग निर्यात र आयातमा जोडिनेछ,’ उहाँले भन्नुभयाे।

भूरणनीतिक नाका कृष्णनगरमा अध्यागमन, प्लान्ट र एनिमल क्वारेन्टिन नभएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका