दाङ । दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जङ्गलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर १ बौराहका २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागी मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।
मगरको घाँटीमा गोली लागेको प्रहरीले बताएकाे छ । घटनामा सँलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा राखेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएकाे छ ।