काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा १ हजार ७१२ विद्यार्थी दीक्षित हुँदै • Nepal's Trusted Digital Newspaperकाठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा १ हजार ७१२ विद्यार्थी दीक्षित हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा १ हजार ७१२ विद्यार्थी दीक्षित हुँदै

काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा १ हजार ७१२ विद्यार्थी दीक्षित हुँदै

  • समाचारपाटी
  • शनिबार, जेष्ठ १४, २०७९
काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा १ हजार ७१२ विद्यार्थी दीक्षित हुँदै

काठमान्डौँ । काठमान्डौं विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७ सय १२ जना दीक्षित हुने भएका छन् ।

आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् ।

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका १५७ रहेका छन् ।

कार्यक्रममा पाँच जनालाई काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । सत्ताइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार ३ सय ३६ उत्तीर्ण हुनेछन् ।

रासस

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका