काठमान्डौँ । चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल दुर्घटनामा पर्नुभएकाे छ । दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा दुर्घटना भएको हो ।
टायर पञ्चर भएपछि उहाँको गाडी विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ ।
सिटी स्क्यान गर्दा घाउ बाहिरी छालामा मात्र लागेको देखिएकाले डिस्चार्ज गर्न लागिएको उहाँकी बहिनी गंगा दाहालले जानकारी दिनुभएकाे छ ।