स्याङ्जा । पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जाको स्वरेक मैदानमा एक युवती घाइते हुनुभएकाे छ । शुक्रबार दिउँसो १२ः५० बजे भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभएकाे हाे ।
पाराग्लाइडिङबाट खस्नुभएकी अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा लगाइएको छ । स्वरेक मैदानमा नियमित रुपमा पाराग्लाइडिङ उडाउने गरिन्छ ।