नारायणगढ–मुग्लिन सडकखण्ड ग्याँस बोकेको बुलेटमा आगलागी • Nepal's Trusted Digital Newspaperनारायणगढ–मुग्लिन सडकखण्ड ग्याँस बोकेको बुलेटमा आगलागी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नारायणगढ–मुग्लिन सडकखण्ड ग्याँस बोकेको बुलेटमा आगलागी

नारायणगढ–मुग्लिन सडकखण्ड ग्याँस बोकेको बुलेटमा आगलागी

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ १३, २०७९
नारायणगढ–मुग्लिन सडकखण्ड ग्याँस बोकेको बुलेटमा आगलागी

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयाे ।

दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएको हुँदा सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी बन्द गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आगो पूर्ण रुपमा नियन्त्रणमा नआउनजेल सचेत बनिदिन सो सडक भएर यात्रा गर्ने सबैलाई अनुरोध गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका