'बालेनको विजय हाम्रो पराजय होइन, जनताको आशा र विश्वासको जित पनि हो':-विश्वप्रकाश शर्मा • Nepal's Trusted Digital Newspaper'बालेनको विजय हाम्रो पराजय होइन, जनताको आशा र विश्वासको जित पनि हो':-विश्वप्रकाश शर्मा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘बालेनको विजय हाम्रो पराजय होइन, जनताको आशा र विश्वासको जित पनि हो’:-विश्वप्रकाश शर्मा

‘बालेनको विजय हाम्रो पराजय होइन, जनताको आशा र विश्वासको जित पनि हो’:-विश्वप्रकाश शर्मा

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ १३, २०७९
‘बालेनको विजय हाम्रो पराजय होइन, जनताको आशा र विश्वासको जित पनि हो’:-विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरमा बालेन शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दिएको बताउनुभएकाे छ ।

जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु दलहरुको कर्तव्य भएको शर्माले बताउनुभयाे । ‘बदलिएको समय अनुरुप आफूलाई बदल्नु हामी राजनैतिक दल, नेतृत्व, व्यक्ती, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो’, सामाजिक सञ्जालमा शर्मा लेख्नुहुन्छ, ‘काठमान्डौँ महानगरमा बालेनको विजयले हामीलाई यसका लागि जबर्जस्त दबाब सकारात्मक ढंगले दिएको छ ।’

मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले ‘वैकल्पिक राजनीतिको नारा र दल’ नरोजेको उहाँले उल्लेख गर्नुभएकाे छ । अवस्था प्रति रुष्ट मतदाताले व्यवस्थाको विकल्प नखोजेको शर्माको बुझाइ छ । बालेनको विजय हाम्रो पराजय मात्रै होइन, उनीप्रति जनताको आशा र विश्वासको जित पनि हो’, शर्मा भन्छन् ।

वैकल्पिक राजनीतिको नारासहितको दल र उम्मेदवारको उपस्थिति मैदान हुँदासमेत बालेनलाई साथ दिएको उहाँले उल्लेख गर्नुभयाे ।

विजयी बनाइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचेर जनताका काममा सघाउन शर्माले दलहरुलाई आग्रह गर्नुभएकाे छ । ‘

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका