मुकुट धारीले पोखरामा फोडे सहकारी सिसि टीभिमा देखीए चोर • Nepal's Trusted Digital Newspaperमुकुट धारीले पोखरामा फोडे सहकारी सिसि टीभिमा देखीए चोर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मुकुट धारीले पोखरामा फोडे सहकारी सिसि टीभिमा देखीए चोर

मुकुट धारीले पोखरामा फोडे सहकारी सिसि टीभिमा देखीए चोर

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ १३, २०७९
मुकुट धारीले पोखरामा फोडे सहकारी सिसि टीभिमा देखीए चोर

पोखरा । पोखरा १८ सेदीमा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थामा चाेरी भएकाे छ । चाेरी ८ गते बिहानकाे हाे । सहकारी संस्थामा रहेका  २ थान कम्प्युटर, १ थान सिसि क्यामेराको मनिटर र १ थान ब्याकअप हार्डड्राईभ चोरी भएकाे थियाे ।

सिसिटिभीमा २ जना चोरले सामान चोरेको प्रस्ट देखिन्छ । चोरहरु करिब ३० मिनेट नै उक्त सहकारीमा नै रहेका थिए । शरिरभरी सेतो कपडा, टाउको कालो कपडाले छोपेका थिए । मुखमा माक्स र हातमा सेतो पञ्जा लगाएको सहकारीको सिसिटिभीमा क्यामेराले कैद गरेको प्रस्ट देखिन्छ । उनीहरुले सहकारीको ढोकाको चावी खोलेको पनि सिसिटिभीमा कैद भएकाे थियाे ।

सकारीको प्रबन्धक सरिता सिग्देलको अनुसार चोरले पैसा भने लगेको छैन । घटना भएको केही दिनपछी चोरी भएका सबै सामान फेवातलमा भेटिएको छ । फेवातालमा माछा मार्नेको बल्छिमा १ सिपियु अडकिएपछी अन्य सामान पनि सोही ठाउँमा भेटिएको हो ।

चोरीमा संलग्न फरार रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार खोजी कार्या तिव्र रहेकोे छ । चोर नजिक पुगेको र केही दिनमा नै चोर पक्राउ गर्ने उहाँले सुनाउनुभयाे ।

Bin.00 01 46 04.Still002 Bin.00 04 31 20.Still004

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका