काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा २१ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा २ हजार २५ जनाकाे पिसिआर परीक्षण गर्दा १४ जना र १ हजार ६ सय ३ जनाकाे एनटिजेन परीक्षण गर्दा ७ जना गरी २१ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय २९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
६३ हजार ३ सय ८५ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ३ हजार ६ सय २८ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६७ हजार २४ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।